पोखरा, साउन ३२ गते । प्रहरी कर्मचारीलाई कुटपिट तथा अभद्र व्यवहार गरेको अभियोगमा २६ वर्षीय प्रमिश थापालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिवार पोखरा महानगरपालिका-३ नदीपुरस्थित साकुरा रेष्टुरेण्टमा थापा लगायत ६ जना रातको समयमा होहल्ला गरेका थिए ।
रक्सीले मातिएका उनिहरुले हल्लाखल्ला र जथाभावी बोल्न थालेपछि प्रहरी पुगेको थियो ।
अस्थायी प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनिहरु प्रहरी माथी जाइ लागेका थिए ।
कुटपिटबाट नदिपुर प्रहरी विटमा कार्यरत प्रहरी जवान दिनेश श्रीस घाइते भएका छन्।
कुटपिटमा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।