स्याङ्जामा जिप्रका हुँदै समुदायमा पुग्यो कोरोना

पोखरा /कोरोनाको संक्रमण ट्राभल हिष्ट्रि भएका बाहेकका स्थानियमा पनि पुगेको छ । संक्रमित प्रहरीहरुसँगको सम्पर्कमा रहेको व्यक्तिहरुमा संक्रमण फैलिएपछि स्थानियमा पनि कोरोना संक्रमण देखिएको हो । शनिबार मात्र स्याङ्जामा थप ७ जनामा कोरोना पुष्टि भएको छ । पुतलीबजार नगरपालिकाका वडा नम्बर १३ का ६ जना र कालीगण्डकी गाउँपालिकाकामा एक जनामा गरि स्याङ्जामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना पुष्टि हुनेमध्ये ६ जना पुतलीबजार नगरपालिका १३ का स्थानियहरु रहेको जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । शनिबार भएका संक्रमित मध्ये दुई बालक पनि रहेका छन् । अर्का संक्रमित भने कालीगण्डकी गाउँपालिकका क्वारेन्टाइनमा बस्दै आएका व्यक्ति हुन् ।

वडा १३ मा सबैभन्दा पहिला साउन ४ गते जुवा मुद्दामा पक्राउ परेका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीबाट छुटेर घरमा क्वारेन्टाइनमा नबसि लापरबाही गर्दा आफ्ना परिवार हुँदै छिमेकमा कोरोना पुगेको हो । कन्टयाक्ट ट्रेसिङ गर्ने क्रम उक्त वडामा ७ जनामा संक्रमण देखिसकेको थियो ।

आज थप वडा १३ को को हल्लेखोलामा २ जना, लाम्पाटा तीन जना र सिस्नेरीमा एक जनामा कोरानो संक्रमण भेटिएको हो । यसैसाता मात्र सात जनामा कोरोना देखिएपछि प्रत्यक्ष सम्पर्कमा रहेका ९३ को स्वाब लिएर पीसीआर टेष्ट गर्दा दुई बालकसहित छ जनामा कोरोना देखिएको हो ।

संक्रमण देखिएका बालकहरु यसअघि कोरोना पोजेटिभ देखिएका परिवारका सदस्य रहेको पुतलीबजार नगरपालिकाका स्वास्थ्य प्रमुख विष्णु काफ्ले जानकारी दिए । बाँकी चार जना भने ट्राभल हिस्ट्रि नभएका स्थानिय रहेको बताइएको छ । शनिबारसम्म स्याङजामा संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।

यो पनि पढ्नुहोस

स्याङजामा कोरोनाः जुवाडे, प्रहरी कार्यालय हुँदै समुदायमा !

कमेन्टहरु
Loading...