शुक्रबारदेखि च्याम्पियन्स लिग : सिटी र रियल म्याड्रिड भिड्दै

कोरोना महामारीका कारण स्थगित युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिता शुक्रबारदेखि पुनः सुरु हुँदै छ।

प्रीक्वाटरफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटी आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड भिड्दैछ । भने शुक्रबार नैयुभेन्ट्स र लियोन आमने सामाने हुदैछन् ।

पहिलो लेगमा सिटीले रियल म्याड्रिडलाई २-१ गोलले हराएको थियो । आजको खेलमा रियलले कम्तिमा २ गोलअन्तरमा हराउनुपर्ने छ।

शुक्रबारको खेलमा रियल म्याड्रिडका कप्तान सर्जियो हुने छैनन्।

रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबल प्रतियोगिता सर्वाधिक १३ पटकको विजेता हो ।

पहिलो लेगमा लियोनले आफ्ने मैदानमा युभेन्ट्सलाई १-० गोलले हराएको थियो ।

प्रिक्वार्टरफाइनलका खेलहरु शनिबार सकिँदैछन्। शनिबार बार्सिलोनाले नापोली र बायर्न म्युनिखले चेल्सीसँग प्रतिस्पर्धा हुनेछ ।

कमेन्टहरु
Loading...