संकटमा व्यायामशाला

राजु कुमार थापा

मुलुकले कोरोनाको संक्रमणको कहर आजसम्म ७१ औं दिन झेलिसकेको छ । यतिमात्र हैन, यो नै अन्तिम लकडाउन हुननसक्ने जगजाहेरै छ । सरकारले हालै जारी गरको यस आर्थिक वर्षको बजेटमा पर्यटन, कृषि, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा बजेटलाई महत्व दिएपनि खेल क्षेत्रलाई खासै महत्व दिएको देखिएन ।

अझ, स्वास्थ्यलाई बढी आवश्यक ठानिएको व्यायामशाला ९जिम सेन्टर०लाई कहिँ कतै सम्बोधन गरिएको छैन । जिम सेन्टर केवल सोख र आवश्यकतामात्र नभएर यो क्षेत्र अन्य झैं उद्योग र लगानी पनि हो । कुनै पनि खेलमा सफलता हाँसिल गर्न तत्खेलमा जति लगाव चाहिन्छ त्यसको तयारीस्वरुप खेलाडीले आफुलाई चुस्त र मानसिक एवं शारीरिकरुपमा बलियो राख्न जिम सेन्टर जानुको विकल्प छैन । फलस्वरुप, जिमलाई ‘मदर अफ अल फिटनेश’ पनि भनिन्छ ।

यसै सन्दर्भमा पोखराको खेलकुद क्षेत्र त्यसमा पनि करोैंडौ रुपैयाँ लगानीमा खुलेका पोखराभित्रका ३५ जिम सेन्टरका लगानी संकटमा पर्ने भएको छ । विश्वभर नै केही समय पहिला कोरोना भाइरसले आक्रान्त पारेको चीन, युरोप, अमेरिका, एसियाका देशहरुमा पनि हाल आएर लकडाउनमात्र नभई त्यसको दीर्घकालीन सोंचकासाथ त्यहाँका बजार, सपिङ सेन्टर, जिम सेन्टरहरु बिस्तारै खुल्दै गएको अवस्थामा हामी लकडाउनमै छौं । यस्तो अवस्थामा सकरारले ग्रिनजोनमा परेका प्रदेशहरुमा लकडाउनको मोडालिटी परिवर्तन गरी निजी क्षेत्रबाट करौंडौ रुपैयाँ खर्च गरी सञ्चालनमा ल्याइएका जिम सेन्टरहरलाई संकटबाट जोगाउनका साथै हजारौंको रोजगारी सुरक्षित बनाउनेतर्फ कदम चाल्न आवश्यक छ ।

यस्तो विषम परिस्थितिमा पोखराका जिम सेन्टरद्वारा सामाजिक दूरी कायम गरी सिफ्ट कायम गरी व्यायाम गर्ने प्रबन्ध गर्नुका साथै सेनिटाइजर तथा सरसफाईमा विशेष ध्यान दिँदै आफ्नो जिम मेम्बरहरुलाई उनीहरुले जिम गर्दा प्रयोग गर्ने सामग्री, पञ्जा, मास्क, सेतो चस्मा, टावेल, पानी, बेल्ट, जुत्तालगायत सामग्री प्रयोग गरेर यो कठिन अवस्थामा ‘स्वास्थ्यकालागि खेलकुद, राष्ट्रकालागि खेलकुद’ भन्ने खेलकुदको मूलमन्त्रलाई आत्मसात गर्दै आफुपनि स्वस्थ रहने र समाजमा रहेका विभिन्न वर्गलाई फिटनेशकामाध्यमद्वारा कोरोनाबाट बच्न व्यायाम, योगा, स्वस्थ खानपान, सरसफाईलगायत विभिन्न प्रेरणामूलक कार्यक्रमहरु आम जनमानसमा पु¥याउन अब सोच्नु पर्ने बेला भएको छ ।

लकडाउनको ७० दिनसम्म भएका घटना कहालीलाग्दो छ । यसबीच कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाइसकेका छन् । ८ सय ७५ जनाले आत्महत्या गरेको तथ्यांक छ । लैंगिक हिंसाका १ सय ७४ घटना छन् भने बाल यौन दूराचारका ४८ घटना बाहिरिएको छ । यसमा कतैं न कतै मनोरोग र डिप्रेशनको असर छ भन्न सकिन्छ । मानिसलाई स्वस्थ राख्न मात्र हैन हाल देखिएको कोभिडविरुद्ध लड्न शरीरलाई आवश्यक पर्ने रोग प्रतिरोधात्मक क्षमता बढाउनसमेत व्यायामको आवश्यक पर्छ ।

तसर्थ, सरकारले वा ग्रिनजोनमा रहेका प्रदेश एवं जिल्लाका सम्बन्धित व्यक्ति, निकायले जिम सेन्टर खुल्ला गर्न पहल गर्नु पर्छ । यसका लागि जिम सेन्टरलाई आवश्यक पर्ने मापदण्ड कायम गराई आम नागरिकलाई स्वस्थ र सेन्टरलाई जिम्मेवार बनाउन सकिन्छ । यसो गरिएको खण्डमा केही हदसम्म कोरोना भाइरसको संक्रमण रोक्न सकिन्छ भने जिम उद्योगमा लगानी भएको करौंडौ रुपैयाँ बचाउन सकिन्छ ।

थापा कास्की बडिबिल्डङ एण्ड फिटनेशका अध्यक्ष हुन् ।

कमेन्टहरु
Loading...