युवा तथा खेलकुद मन्त्री विश्वकर्मा द्वारा पत्रकार पाठकलाई सम्मान

पोखरा, १ साउन / युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार)ले खेलकुद पत्रकार केशव पाठकलाई खेलकुद पत्रकारिता पुरस्कार २०७६ बाट सम्मान गरेका छन ।

पहिरोमा पहिरो घाइते भएका तथा विभिन्न विकास निर्माणको कामको अवलोकनका लागि पोखरा आएका मन्त्री विश्वकर्माले पाठकलाई सम्मान गरेका हुन । गत असार २२ गते कारणवश मन्त्रालयले आयोजना गरेको कार्यक्रममा पुग्न नसकेका पाठकलाई पोखरामा उनी पोखरा आएको बेला सम्मान गरेका हुन ।

सो अवसरमा मन्त्री विश्वकर्माले राजधानी बाहिर पहिलो पटक पाठकलाई यो सम्मान प्रदान गर्न पाउँदा खुसी लागेको बताए । उनले सम्मान प्रदान गर्दै पाठकको खेल पत्रकारिताको सफल जिवनको कामना समेत गरे । पाठकले सम्मानपत्र सहित नगद ५० हजार प्राप्त गरेका छन । पाठक सहित चार जनाले यो पुरस्कार प्राप्त गरेका छन ।

साढे दुई दशक देखि पोखरा र काठमाण्डौमा रहेर खेलकुद पत्रकारिता गरिरहेका पाठकले पहिलो पटक यो सम्मान पाएका हुन । २०५९ सालमा गठन भएको नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका संस्थापक समेत रहेका उनी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष तथा हाल सल्लाहाकार रहेका छन ।

कमेन्टहरु
Loading...