पोखराका चाउथेका एक जना मृत फेला

पोखरा, २८ असार / पोखरा महानगरपालिका १४ चाउथे स्थित खसिबजार चोक नजिकै एक जना मृत फेला परेका छन् ।

चितवन भरतपुर महानगरपालिका ३ घर बताउने वर्ष अन्दाजी ३९ को रोशन केसी ट्रक ग्यारेजको छेउमा मृत फेला परेका हुन् । उनी घोप्टो अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उनका शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेका जनाएको छ ।

कमेन्टहरु
Loading...