पोखराको जिरो किलोमिटरमा दुर्घटना हुदाँ एकको निधन

पोखरा, २२ असार / पोखरा महानगरपालिका ५ जिरो किलोमिटरमा आइतबार दुर्घटना हुदाँ एक जनाको निधन भएको छ ।

आइतबार राति लु ५९ प ८७८१ नंम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री एक महिलाको निधन भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पोखरा– ५ जिरो किलोमीटर निवासी ५१ वर्षीया रुपा सिंह बिकको पोखराको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा आइतबार राति निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

मोटरसाईकल चालक पोखरा–५ निवासी १९ वर्षीय नारायण प्रसाद आचार्य पनि घाइते भएका छन् । उनको पोखराकै रिजन अस्पताल उपचार भईरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको र दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेका जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...