पोखरामा दुई बाइक ठोकिदा आगोलागी, जलेर ध्वस्त

पोखरा, २० असार / पोखराको नयाँ बजारमा शनिबार दिऊसो दुई वटा मोटर साइकल ठोकिदा आगलागी भएको छ ।

ठोकिए पछि आगालागी हुदाँ दुबै मोटरसाइक जलेर ध्वस्त भएका छन् । एकै दिशाबाट गुडिरहेका २ वटा मोटरसाइकल ठोक्किँदा आगो लागेर जलेर ध्वस्त भएका छन् ।

दुवै मोटरसाइकलमा सवार सबै ४ जना सामान्य घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो ।

पोखरा २७ रिठेपानीका २५ वर्षे इच्छा गुरुङले चलाएको ग१६प ४४४१ र सुरेन्द्र सुनारले चलाएको ३८६१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

इच्छाको बाइकको पछाडि बसेका २० वर्षे दीपेन्द्र नेपाली र सुरेन्द्रले चलाएको बाइकको पछाडि बसेकी सुनीता सुनार गरी सबै ४ जनाका हातमा ददारिएको छ ।

मोटरसाइकल आगो निभाउन पोखरा महानगरपालिकाको दमकल आएपछि मात्रै निभाएको थियो ।

दुई मोटरसाइक ठोकिदा आगोलागि भिडियोः जमुना शर्मा

दुई मोटरसाइक ठोकिदा आगोलागि भिडियोः जमुना शर्मा

Posted by Ganthan.com on Saturday, July 4, 2020

कमेन्टहरु
Loading...