पोखरा, ५ कात्तिक/ पोखराको मालेपाटनमा मंगलबार विहान दुर्घटना भएको छ ।
ग १७ प २४७५ नम्बरको पल्सर बाईक कालिका सशस्त्र गण अगाडी गाईसँग ठक्कर खाँदा मोटरसाईकल चालक घाइते भएका छन् ।
मोटरसाइकल चालकको पोखराको मेट्रोसिटी अस्पतलामा उपचार भइरहेको छ । विहान ५ बजे मोटरसाईकल गाईसँग ठोक्किएको थियो ।
ठक्करबाट गाईको मृत्यु भएको दुर्घटनास्थल पुगेका पत्रकार राजेन्द्र अधिकारीले जानकारी दिए ।