पोखरा, ११ असोज / कास्की प्रहरीले मुस्ताङबाट पोखराका लागि ल्याइएको च्यांग्रा चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ ।
अन्नपूर्ण गाउँपालिका ६ ढावामा १ सय ९९ वटा च्यांग्रा ल्याईएकोमा २ वटा चोरेर पोल्दै गरेका स्थानीय २ जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २४ बर्षका सागर गुरुङ र विशाल गुरुङ छन् । उनीहरुलाई कानुनी कारबाही अघि बढाईएको कास्की प्रहरी प्रबक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।