करेन्ट लागेर ३ जनाको मृत्यु

धनुषा, ८ असोज / धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।

एकै परिवारका दुई जनासहित तीन जनाको मृत्यु भएको हो प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनका श्रीमती र एक कामदार रहेका छन् ।

महतोले पुर्वेली स्टाफ होटल सञ्चालन गरेका थिए । सोही होटलमा सुतिरहेका महतो, उनकी श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाई छ ।

घरमा सुतिरहेका बेला विद्युत सर्ट भएपछि तार जलेर तल खस्दा उनीहरुलाई करेन्ट लागेको प्रहरीको अनुमान छ । विहान ढिलोसम्म होटल नखोलेपछि स्थानीयले गएर हेर्दा मृत भेटेका थिए ।

कमेन्टहरु
Loading...