पोखरामा छतबाट पानी फाल्दा तीन तलाबाट युवती खसिन्

पोखरा, ६ असोज / पोखरा महानगरपालिका २५ हेम्जाको एक घरको तीन तलाबाट खसेर एक युवती घाइते भएकी छन् ।

म्याग्दी मंगला गाउँपालिका ४ बुगेनी घर भई हाल पोखरा महानगरपालिका २५ हेम्जा स्थित डेरा गरि बस्ने वर्ष २६ की अर्पना रोक्का खसेकी हुन् ।

घरको तीनतला माथिबाट पानी फाल्ने क्रममा अचानक तल खस्दा घाइते भई भएको प्रहरीले जानकारी दिएको छ । उनको उपचार फिस्टेल अस्पतालमा भइरहेको छ ।

कमेन्टहरु
Loading...