पोखरा, १ असोज / पोखराको फेवातालमा एक युवकको शव भेटिएको छ । फेवातालको ड्यामसाइडमा शव भेटिएको हो ।
बुधबार दिऊसो एक युवक फेवातालमा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको टोली र गोटाखोरको टोलीले युवकको शव फेवातालबाट निकालेका थिए छ । उनी को हुन् भन्ने अहिले सम्म खुलेको छैन ।