पोखरामा दुई ठाउँमा दुर्घटना, स्कुटरले ठक्कर दिदा शेरबहादुर घाईते

पोखरा, ९ असार /पोखराको दुई ठाउँमा दुर्घटना भएको छ । दुबै दुर्घटनामा मोटरसाइकल पैदल यात्रीलाई ठक्कर दिएका छन् ।

पोखरा महानरपालिका १७ घारीपाटनको तिनकुने स्थित ग ४ प २२३४ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिएको छ ।

सोही ठाउँका ४८ बर्षिय शेर बहादुर बिकलाई ठक्कर दिँदा घाईते भएका छन् । उनको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भएको छ ।

त्यसै गरी पोखरा महानरपालिका १७ छोरेपाटन स्थित ग ८ प ३१३६ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिएको छ ।

सोही ठाउँकी ६० बर्षिय गंगा देवी बराललाई ठक्कर दिँदा घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा उपचार भएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...