टाईब्रकेरमा बिग्रेड ब्वाईजलाई हराउदै मनाङ सेमिफाईनलमा

पोखरा, २३ माघ/मनाङ मस्र्याङ्दीले बिग्रेड व्वाईजलाई हराउदै मनकामना केबलकार पोखरा कपको सेमिफाइलनमा प्रबेश गरेको छ । दश खेलाडीमा सीमित बिग्रेड ब्वाईजलाई हराउन मनाङले टाइब्रकेरको सहेता लिनु पुग्यो ।

निर्धाति र थप समयमा १–१ गोलको बराबरी खेले टुङगिए पछि पेनाल्टी सुटआउटमा मनाङले बिग्रेडलाई ५–४ गोल अन्तरले हराउदै सेमिफाइनलमा क्यामरुङ सगँको भेट पक्का गरेको हो । खेलको १५ औं मिनेटमा बिग्रेड ब्वाईले गोल गर्दै अग्रता लिएको थियो । रितिक खड्काले तीन डिफेन्स विट गर्दै प्रहार गरेको बल सेकेण्ड बारमा ठोक्किदैं जाली चुमेको थियो ।

मनाङले खेलको ६७ औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याएको थियो । मनाङका लागि विमल रानाले ओलावालेले डिबक्सभित्र मिलाईदिएको हेडपासलाई जाली चुमाउदै गोल गरेका थिए ।

खेल सकिन दुई मिनेट बाँकी रहँदा गोलकिपरले रातो कार्ड खाँदै बाहिरिएपछि बिग्रेड ब्वाईजले १० खेलाडीमा सिमित भएको थियो । खेलको ८८ औं मिनेटमा बिग्रेड ब्वाईजका गोलकिपर लक्कीकुमार कार्कीले मनाङका स्ट्राईकर ओलावालेले विट गर्न खोज्ने क्रममा डिबक्स लाईन भन्दा बाहिर बल समाते पछि रेफ्रीले रातो कार्ड दिए ।

बिग्रेड ब्वाईजका लागि टाइब्रकेर पदम भट्टराई गोल गर्न चुके । उनको पेनाल्टी मनाङका गोलकिपर विशाल श्रेष्ठ फर्किइ दिदै खेलको म्यान अफ दि म्याच घोषित भए । बिग्रेडका लागि रन्दिप पौडेल, सुरज ठकुरी, जय गुरुङ र मनोज राईको प्रहारले गोल गरे ।

पेनाल्टीमा मनाङका लागि कप्तान सुजल श्रेष्ठ, हेमन्त गुरुङ, कमल श्रेष्ठ र प्रकाश बुढाथोकीको प्रहार गोल भएको थियो । कास्की जिल्ला फुटबल संघको आयोजना भएको छैटौं सस्करण मनकामना केवलकार पोखराकपमा बिहीबार पहिलो सेमिफाईनल खेल शसस्त्र प्रहरी बल एपिएफ क्लब र जापानको रिस्हो विश्वविद्यालय बिच हुनेछ ।

कमेन्टहरु
Loading...