पोखरा, १८ मंसिर / पोखरा महानगरपालिकाको विन्ध्यावासिनी चोकमा मोटरसाईकलले स्कुटरलाई ठक्कर दिँदा दुईजना घाईते भएका छन् ।
नम्बर नखुलेको मोटरसाईकलले ग ७ प ७७३४ नम्बरको स्कुटरलाई ठक्कर दिएर टाप कसेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा स्कुटर चालक सिम्पानीकी ४० बर्षिया भीममाया तामाङ र पछाडी सवार ४२ बर्षकी मीना गुरुङ घाईते भएका छन् । दुवैजनाको अस्पतालमा
उपचार भैरहेको छ ।