सागर राज तिमिल्सिना
पोखरा, १३ कात्तिक / कास्कीको माछापुच्छे गाउँपालिका खोरकोमुखमा एक बृद्धाको हत्या भएको छ । कात्तिक ११ गते राती माछापुच्छे गाउँपालिका ८ खोरकोमुखकी ७९ बर्षिया कौसिला गुरुङको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
बृद्धालाई राती उनकै कोठामा ढुङ्गाले हानेर हत्या गरिएको देखीएको कास्कीका प्रहरी प्रमुख एसपि ओम रानाले जानकारी दिए । ‘घटनाको प्रकृती हेर्दा ढुङ्गाले हानेर हत्या गरेको देखीन्छ,’ रानाले भने ‘घरमा अरु कोही नभएको मोका छोपेर बृद्धाको हत्या भएको छ ।’
‘बृद्धाको साथमा भएको हातमा लगाने दुई वटा सुनका बाला र सिक्रि छैन,’ उनले भने ‘सुन लैजान उनको हत्या गरेको देखीन्छ ।’ उनले घटनाको बारेमा थप अनुसन्धान भइरहेको र हत्यारा छिटै पत्ता लाग्ने बताए । आइतबार राती उनी घरमा एक्लै थिइन् ।
उनी जेठा छोरा सगँ बस्दै आए पनि कात्तिक १० गते जेठा छोरा दिदिको घरमा धान काट्न गएका थिए । उनी १२ गते दिउसो घर आएपछि आमाको खोजी गरेका थिए । घरको ढोकामा बाहिरबाट ताल्चा लगाए देखेपछि उनले आमालाई फोन गरेका थिए तर फोन घर भित्र नै बजे पछि भ्यालबाट हेर्दा बृद्धा मृत अवस्थामा भेटिएकी थिइन् ।