पोखरा, १२ असोज /कास्कीको माछापुच्छ्रे गाउपालिका वडा नम्बर १ टुसेमा एक वालकको चंगा उडाउने क्रममा
ज्यान गएको छ । टुसेका वर्ष १२ को राकेश पुन शुक्रवार साँझ साढे ५ बजेतिर चंगा उडाउने क्रममा बिजुलीको
नाङ्गो तारमा चंगा अड्किएपछि झिक्न जाने क्रममा करेन्ट लागि घटनास्थलमा नै मृत्यु भएको वडा नम्बर १
का अध्यक्ष विरेन्द्र गुरुङले बताए ।
वालकको शरिर डढेको अवस्थामा विद्युत पोलमा अड्किएको अवस्थामा रहेको उनको भनाई छ । अहिले
घटनास्थलमा वडा प्रहरी कार्यालय भलाबोटको प्रहरी टोलि र स्थानीय पुगेका छन् । बिजुलीको पोल अग्लो
भएको कारण झिक्न कठिनाई भएकोले प्राबिधिक सामग्री सहित थप प्रहरी टोलि पोखराबाट घटनास्थलमा जादै
गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।