पोखराको सहकारीमा चोरी गर्ने दुई युवती सहित तीन पक्राउ

पोखरा, १० असोज/ जन एकता सहकारी संस्था लिमिटेडको चोरीमा संलग्न ३ जनालाई कास्की प्रहरीले पक्राउ

गरेको छ । पोखरा महानगरपालिका ६ बुलौदिबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा १४ रामबजार बस्ने अञ्जली गुरुङ (२०), पोखरा ७ एयरपोर्ट बस्ने बिनिता गुरुङ (२२), पोखरा

६ गौरीघाट बस्ने कमल ठगुन्ना (१८) रहेका छन् ।

उनीहरुलाई प्रहरीले ५ लाख ३८ हजार ८० रुपैयाँ सहित बरामद गरेको छ । गत भदौ ३१ गते सहकारीबाट नगद

९ लाख १४ हजार चोरी भएको थियो ।

चोरी भएको खबर पाउनासाथ गोप्य रुपमा खोजिकार्य सुरु गरेको प्रहरीले जनाएको थियो ।

पोखराको जनएकतामा सहकारीबाट ९ लाख बढि रुपैयाँ चोरी तस्बिरः सुनिल पाण्डे
पोखराको जनएकतामा सहकारीबाट ९ लाख बढि रुपैयाँ चोरी तस्बिरः सुनिल पाण्डे
कमेन्टहरु
Loading...