पोखरा, १० असोज / पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि
हत्या आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । कास्की प्रहरीले उनकै छिमेकी २७ वर्षीय कुसुम पौडललाई
पक्राउ गरि बुधबार सार्वजनीक गरेको छ ।
कुसुम सहित पाँच जनालाई पक्राउ गरेकोमा पौडेल मात्र दोषी देखिएका छन् । कास्की प्रहरीका अनुसार पौडेलले
घटनामा संलग्न भएको स्विकार गरिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले उनी सगँ अन्यलाई अनुसन्धान गरिएको भएपछि अन्य
दोसी नदेखिएको बताए । रानाले प्रहरीले बेलैमा अपराधीलाई खोजी गरि पक्राउ गरेको बताए । उनले बिहान देखी
नै रक्सी खाएर मातेका पौडेलले बलत्करा गर्ने खोजे पछि प्रतिका गर्दा घटना भएको बताए ।
सोमबार साझँबाट हराएकी श्रीयाको मंगलबार बिहान शव भेटिएको थियो । प्रहरीले हत्याराको खोजी गर्न तालिम
प्राप्त कुकुर परिचालन गरेको थियो । कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएको थियो । त्यसैले
प्रहरी छिमेकी नै संलग्न भएको निचोडमा प्रहरी पुगिसकेको थियो । घटनास्थलबाट श्रीयाको मामाघर २ मिनेट जति
र अभियुक्त पौडेलको घर ५ मिनेट दुरीमा पर्दछ ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्की, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी र
कास्की प्रहरीका प्रमुख ओम रानाको टोलीले अनुसन्धान गरेको थियो । पोखरा घटनामा संलग्नलाई कडाभन्दा
कडा कार्वाहीको माग राख्दै पोखरा बिरोध जुलुस र प्रहरी कार्यालय अगाडी स्थानीयहरु धर्ना दिएका छन् ।
यस्तो छ घटनाको विवरण
श्रीया मामाघर नै बस्थिन् । स्थानीय लीला आधारभूत माविमा उनी ३ कक्षामा पढ्थिन् । मंगलबार पनि उनी स्कुल
गईन् । स्कुलबाट घर फर्किदा हजुरआमा नातिनी सँगै घर फर्के । कपडा फुकालेपछि भोक लाग्यो भनिन् ।
माइजुले खाजा बनाएको होला खाउ भनेर हजुरआमाले भनिन् । पाँच रुपैंया लेउ भन्दै ढिपी कसिन् । हजुरआमाले
पाँच रुपैंया दिईन् । टिभी हेरेर बस भनेर मामा र हजुरआमा घाँस काट्न गए । घाँस लिएर आउँदा श्रीया भेटिनन् ।
खाजा पसल त्यो गाउँकै जक्शन हो । जहाँ बेलुकी समय भिडभाड हुने गर्दछ । केटाहरु भेला हुन्छन् । स्थानीय २७
वर्षीय कुशम पौडेलले पसलमा रक्सी खाए । उसको ग्याङमा ५ जना थिए । कुशुमले ब्याग पनि बोकेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार असिन पसिन देखिन्थ्यो ।
बेलुकी ५ बजेपछि पाँच जना आआफ्ना घरतिर लागे । पसलमा खुकुरी चुरोट किने अनि कुशुम पनि घर हिँडे ।
श्रीया हातमा पाँच रुपैंया नोट बोकेर आइरहेको देखे । कोदीको झाडी भएको ठाउँ देखेपछि कुशुमको मनमा
एकाएक पाप पलायो । उसले आफूतिर बोलाए । ५ रुपैंया लिएर पसल हिँडेको ? आउ म दिन्छु पैसा भने,
हजुरआमासँग ५ रुपैंया पाएर फुर्फुर हुँदै गएकी बालिका छिमेकी मामाले भनेपछि नजाने कुरै भएन ।
त्यसपछि कुशुमले श्रीयालाई समाते । श्रीया रुनकराउन थालिन् । बालिकाको घाँटीमा समाते । झनै कराउन
थालेपछि भिरालो झाडीमा फालिदिए । त्यसपछि, आफै बाटो तल झरेर अर्धबेहास् श्रीयाको शरीरमाथि खेले ।
बालिका रक्ताम्ये भईन् । इज्जत मात्र लुटेनन्, तिखो ढुंगाले अनुहार टाउको क्षतविक्षत हुने गरी ढुंगाले कोपे एसपि
रानाले बताए । जमिन खोस्रेर टाउको माटोमा गाडिदिए । त्यसपछि कुशुम घर फर्के । घरमा श्रीमती र ८ वर्ष
जतिको छोरा छ । कुशुमले कसैले थाहा नपाउने गरी कपडा धोए र सुकाए ।
श्रीयालाई राती अबेरसम्म खोजी गरियो भेटिएन । बिहान स्थानीय तुलसी प्रसाद ढकालले अर्का एक जना लिएर
खोज्न हिँडे । बाटोमा डिल भत्केको देखियो । झाडीमा न उत्तानो, न घोप्टो परेको अवस्थामा माथि कपडा
सोहोरिएको, तल घुँडा मुनी सुरुवाल झरेको अवस्थामा अर्धनग्न शव भेटियो । ढकालले बालिकाकी हजुरबुबालाई
खबर गरे । हजुरबुबा प्रहरीलाई खबर गर्न झरेका थिए ।
मंगलबार बिहान ८ बजेतिर शव भेटिएपछि प्रहरीलाई शव भेटिएको जानकारी प्राप्त भयो । वडा प्रहरी कार्यालय
बैदामका प्रमुख डिएसपी नविन कार्की सहितको टोली मुभ भयो । लगत्तै कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर
राना घटनास्थल सोझिए । तालिम प्राप्त कुकुर साथमा थियो । कुकुर १०० मिटर वरपर अलमलियो ।
केहिबेरको अवरोधपछि चिनेकै चिकित्सक समावेश र स्थानीयको रोहवरमा पोष्टमार्टम हुनुपर्ने शर्तमा पोखरा
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव ल्याइयो । चिकित्सकले बलात्कार भएको त्यतिबेलै स्थानीयलाई गोप्य रुपमा भनेको
बालिकाकी ठूलोबुबा मिनबहादुर बिकले बताए ।
कास्की प्रमुख एसपी राना, प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङ, वैदाम प्रमुख डिएसपी कार्की सहितको जिल्ला
टीमले अन्ततः राति ११ बजेपछि अभियुक्त पक्रन सफल भयो । सुरुमा ६ जना नियन्त्रणमा लिएकोमा १ जना
छाडेर रक्सी पिउने ५ जनाको समूहलाई केरकार गरियो ।
Posted by Ganthan.com on Wednesday, September 26, 2018
https://www.youtube.com/watch?v=eC0Nxlc_t4c&feature=youtu.be