पोखराको बागमारामा चोरी गर्ने काठमाण्डौंबाट पक्राउ

पोखरा, ८ असोज /पोखरा महानगरपालिका ३१ बागमारामा केही समय पहिले चोरी गरेर भागेका एकजनालाई

प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको छ । करिब २ महिनाअघि बाघमाराका टोलभरी सुन र नगद चोरी गरेको

घटना सार्वजनिक भएको थियो ।

प्रहरीले लामो अनुसन्धानपछि एकजना चारेलाई काठमाण्डौंबाट पक्राउ गरेको हो । दुईजना संलग्न भएकोमा

एकजना अझै फरार छन् । मकवानपुर घर भई काठमाण्डौं बस्दै आएका २६ बर्षिय बिमल लामालाई पक्राउ

गरिएको जनाएको छ । पक्राउ परकालाई पोखरा ल्याएको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...