दिल्लीका महेश पोखरामा बेपत्ता

पोखरा, २६ असार/दिल्लीबाट पोखरा आएका एक भारती नागरीक ६ दिन देखी बेपत्ता भएका छन् । पोखरा ग्राण्ड होटलमा भएको एउटा विवाहका लागि मिठाई बनाउन दिल्लीदेखी आएका ३५ महेश रौटेला असार २१ गते देखी बेपत्ता बनेका हुन् ।

जनकपुरका बेहुला र दिल्लीकी बेहुली बिच पोखरमा हुने बैवाहिक कार्यक्रममा मिठाई बनाउन उनी आएका थिए । उनी ड्यामसाइड स्थित फेवातालको ड्याम भन्दा केही तल पौडी खेल्ने क्रममा बगाएर बेपत्ता बनेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपि नवीन कार्कीले जानकारी दिए ।

उनी बेपत्ता हुने वित्तिकै खोजी गरिए पनि अहिले सम्म पत्ता लगाउन नसकिएको कार्कीले बताए । उनी हराए पछि उनका आफ्न्त पनि आएर खोजे पनि पत्ता लाउन नसेके पछि घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...