पोखरामा बस दुर्घटना, १२ घाइते, १ को मृत्यु

पोखरा, १४ फागुन /पोखराबाट नारायणघाट जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । ना५ख ३४१ नम्बरको बस पोखरा लेखनाथ महानगरको तल्लो गगनगौंडास्थित दुर्घटना हुदाँ १२ घाईते भएका छन् भने एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि घाईते भएको लम्जुङ धमिलीकुवाका ४० वर्षिय सुजन गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको हो । बस पृथ्वी राजमार्गबाट करीब ५० फिट तल खसेको छ।

तीव्र गतिका कारण अनियन्त्रित भई बस सडकबाट खसेको अनुमान प्रहरीको छ। बसमा ३० जना यात्रु रहेको अनुमान गरिएको डाँडाको नाक प्रहरी चौकीका प्रमुख डिएसपी गोविन्द पुरीले बताए। उनका अनुसार घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचार भई रहेको छ ।

कमेन्टहरु
Loading...