पोखराको हस्पिटलचोकमा प्रहरीको मोटरसाइकल सगँ अर्को मोटरसाइक ठोकियो

पोखरा, १३ फागुन /पोखरा लेखनाथ महानगरपालिका १२ पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको चोक नजिकै दुई मोटरसाइकल ठोकिदा दुई जना घाइते भएका छन् ।

प्रहरीको सिआरभि भद्रकालिको ग १ ब ४०७ न को मोटरसाईकल एरिया गस्ति गर्दै ढिकालेथरबाट भद्रकाली तर्फ जाने क्रममा अंमरसिंह चोक तर्फबाट आउदै गरेको ग ७ प ४१ ५७ नम्बरको अपाचे मोटरसाईकलले ठक्कर दिदा दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेमा सप्रगण मुकानं ४ गुल्म दरबन्दी भई हाल सिआरभि भद्रकालीमा कार्यरत प्रहरी जवान कृष्ण प्रसाद सुवेदी र पोखरा लेखनाथ महानगरपालिका ३१ बेगनास बस्ने २२ बर्षिय संजय क्षेत्री घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा गण्डकीमा लगिएकोमा प्रहरी जवान सुबेदीलाई थप उपचारका लागि फिस्टेल अस्पताल पोखरा लगेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...