पोखरा, २२ माघ /पोखराको बगरमा बसले ठक्कर दिदा एक जना पैदल यात्रुको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका १ बगरबाट महेन्द्रपुल तर्फ आउदै गरेको बस दुर्घटनामा परि स्याङजाका एक युवाको मृत्यु भएको हो ।
ग१ख ३८३६ नम्बरको बसले पैदल यात्रु आँधीखोला गाउँपालिका ६ का बोधराज ढकाल भएको कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए । ढकाल पि एन क्याम्पसमा अध्ययनरत थिए ।
उनलाई उपचारका लागि मणिपाल अस्पतालमा लगिएको थियो । दुर्घटना पछि स्थानीयले केही बसका सिसा समेत फोडेका थिए । पोखरामा प्रदेश ४ को संसदभवन रहेको नगरप्रशिक्षणको गेट अगाडी नै दुर्घटना भएको स्थानीयले बताए ।