पोखरामा बसले ठक्कर दिदा एकको मृत्यु

पोखरा, १७ माघ /पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासीनि चोकमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

ना ६ ख ८९९६ नम्बरको बसले ठेलामा पानीपुरी चटपट बेच्ने भारत मोतिहारी घर भई हाल जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका ४ स्थित गणेश टोल बस्ने वर्ष ५१ को राज किशोर जैसवाललाई ठक्कर दिदा मृत्यु भएको हो ।

घाइते भई उपचारको लागि फिस्टेल अस्पताल पठाईएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...