पोखरा, १० माघ /पोखरा लेखनाथ महानगरपाकिला ११ नारायणस्थान मन्दिर पारिपट्टी मणिपाल जाने बाटो, फुलबारीमा मंगलबार राति मोटरसाईकल दुर्घटनामा चालक गम्भिर घाईते भएका छन् ।
दुर्घटनापछि बोल्ने अवस्थामा समेत नरहेका उनलाई नजिकैको मणिपाल अस्पतालमा उपचार भईरहेको छ । पछाडि बस्ने समेत घाईते छन् । उनीहरुको परिचय खुलेको छैन ।
प्रत्यक्षदर्शीका अनुसार ग ७ प ४६९० मा सवार उनीहरु निकै तीब्र गतिमा हुईंकिएका थिए । स्थानीयले बाईकमा सवारहरु मापसे गरेको पाईएको जनाएका छन् । बाईकमा पछाडि बस्नेले समेत मापसे गरेर बढी स्पीडमा भएको स्विकार गरेका छन् ।
दुर्घटनापछि नजिकैको प्रहरी त्यहाँ पुगेका छन् । एम्बुलेन्सबाट नै अस्पताल लगिएको छ । थप विवरण आउन बाँकी छ ।
तस्विरः अशोक बस्नेत