सल्यानमा बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु , ३२ घाइते

दाङ, ८ माघ/सल्यानमा बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ६ स्थित सडक खण्डमा आइतबार दिउँसो भएको बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको हो।

घटनामा ३२ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । रूकुमबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको ना ५ ख ५३१ नं बस आइतबार दिउँसो २ बजेतिर लुहामको बैघारे खोलामा सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको थियो।

कमेन्टहरु
Loading...