विदा माग्दा पोखराको सराङकोटमा २ जनाको हत्या भएको खुलासा

पोखरा, १८ पुस /पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटमा निर्माणधीन एक होटलमा भएको घटनाको रहस्य विस्तारै खुल्दै आएको छ । दुई जनाको हत्या र एक जनाको गम्भीर घाइते हुने गरि भएको घटनामा बारेमा जानकारी लिन आफ्न्तहरु पोखरा आएका छन् ।

घाइते भएका षडान्द नगरपालिकाका २७ बर्षिय आङादाना शेर्पाको होस आएको छ । उनले नै घटनाको रहस्य खोलेका हुन् । पुर्ण  रुपमा होस्मा नआए पनि शेर्पाले आफ्न्त सगँ घटनाको बारेमा बताएका हुन् । उनले आफुले घरमा जानका लागि विदा मागेको र विदा नदिइ कुटिकुटि मारेको बताए । उक्त घटनामा षडान्द नगरपालिकाकाका १५ वर्ष निमाछि शेर्पा र ३८ बर्षिय आङलाक्पा शेर्पाको मृत्यु भएको थियो ।

उनीहरुको सव पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा रहेको छ भने घाइते शेर्पाको मणिपाल अस्पतालमा उपचार भइरहेको छ । उनीहरु पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटको निमार्णाधिन माउन्टेन रिसोर्ट एण्ड स्पाको निर्माणमा खटिएका थिए । निमाछि शेर्पा काठमाडौमा कक्षा ११ मा पढ्दै गरेका विद्यार्थी हुने भने आङादाना शेर्पा र आङलाक्पा शेर्पा विदेश जानका घरबाट काठमाडौ आएका थिए । तर कसरी उनीहरु पोखरा काम गर्न आइपुगे भन्नेबारेमा परिवारलाई पनि थाहा नभएको बताए ।

आइतबार अवेरसम्म मजदुर काममा नआएपछि उनीहरुको खोजी सुरु गरिएको थियो । निर्माणाधीन भवनमा काम गर्ने अन्य मजदुरले आफ्ना साथीहरुको खोजी गरेका थिए । सुतिरहेको कोठामै २ जनालाई मृत अवस्थामा र १ जनालाई घाइते अवस्थामा भेटाएका थिए ।

४ जना एउटै कोठामा सुतेकोमा २ जना मृत र एक जना घाइते भएका छन् भने एक जना वेपत्ता रहेको छन् । वेपत्ताको प्रहरीले खोजी गरी रहेको छ । घटनाको अनुसन्धानको लागि प्रहरीले करिब २५ जनालाई गिरफ्तार गरेको छ ।

कमेन्टहरु
Loading...