पोखरा, १७ पुस /तनहुँको ब्यास नगरपालिका ३ तरकारी लाईनचोक स्थित पृथ्वी राजमार्गमा भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । डुम्रेबाट पोखरा तर्फ आउदै गरेको बा९ च ४४४३ नम्वरको कार र बिपरित दिशाबाट जाँदै गरेको ना ६ ख ७२११ नम्वरको बस ठक्कर खाँदा पैदल यात्रीको मृत्यु भएको हो ।
दुर्घटनामा परि तनहुँ व्यास नगरपालिका १३ बस्ने २९ वर्षिया हरीमाया आले घाईते भई उपचारका लागी पोखरा मेट्रोसिटि अस्पताल ल्याईएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
अन्य घाईते धादिङ बस्ने वर्ष ३३ को श्याम प्रसाद रेग्मी र तनहुं ब्यास नगरपालिका १४ बेलबास बस्ने वर्ष ९ को गुरास आलेको उपचार भईरहेको छ । प्रहरी टाली खटिगई दुवै गाडी र बस चालकलाई नियन्त्रणमा लिईएको छ । कार चालक भने फरार रहेकाले उनको खोजिकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।