पोखरा, १४ पुस /पोखरामा शुक्रबार विहिना पर्यटक वसले ठक्कर दिदा २ जना घाइेत भएका छन् ।
पोखरा लेखनाथ महानगरपालिका ९ मुस्ताङ चोकबाट नागढुङा तर्फ जादै गरेको ग१प १९४ नम्बरको पर्यटक बसले विपरित दिशाबाट आउदै गरेको ग१२प ६२८५ नम्बरलाई मोटरसाइकल र दुई जना पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेको फेवा सिटी अस्पतालमा उपचार भएको छ । घाईते हुनेमा मोटरसाइकल चालक पोखरा २१ कृष्तीका २४ बर्षिय कुशल थापा र पैदलयात्री जिल्ला स्याङजाका ३७ बर्षिय राज कुमार विक रहेका छन् । दुवै सवारी साधन र बस चालक जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा प्रहरीले जानकारी दिएको छ ।