सागर राज तिमिल्सिना
पोखरा, ९ पुस /पोखरा लेखनाथ महानगरपालिका १९ पुरनचौरको पाल्लेमा टिपरले ठक्कर दिदाँ मोटर साइकलमा सवार स्कुले विद्यार्थीको मृत्यु भएको छ ।
भुर्जुङखोलाबाट पोखरा तर्फ आउदै गरेको ग५प ५०७५ मोटर साइकललाई पोखराबाट जादै गरेका ना६ख ९००५ नम्बरको टिपरले ठक्कर दिदा मोटरसाइकलको पछाडी बसेका विदार्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पोखरा १९ पुरनचौरका १३ बर्षिय सबिन बास्तोलाको मृत्यु भएको प्रहरीको भनाई छ ।
टिपरले मोटरसाइकको हेन्डिलमा ठक्कर दिदा मोटरसाइकल चालक विपरीत साइडमा ढलेका थिए भने बास्तोला टिपरको साइडमा ढल्दा टिपरको पछाडिको भागले किचेको प्रहरीको भनाई छ । बास्तोला भारती भवन माविमा कक्षा ७ मा अध्ययनरत थिए ।