७ पुस, वीरगञ्ज । वीरगञ्जमा एक विद्यार्थीमाथि छुरा प्रहार भएको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत रोशन यादवमाथि शुक्रबार बिहान ०७ः३० बजे छुरा प्रहार भएको हो ।
छुरा प्रहारबाट वीरगञ्ज-१६, राधेमाई घर भएका यादवकोछातीमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
घाइते यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि अहिले गण्डकी अस्पताल लगिएको छ ।
आक्रमण कसले गर्यो भन्नेबारे अहिलेसम्म केही पनि खुलेको छैन । यादवको बिहीबार क्याम्पसका केही विद्यार्थीसँग विवाद भएकाले त्यही समूहले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, यसको औपचारिक पुष्टि हुन भने बाँकी रहेको छ ।