हेर्नुस बिरगंज आगलागीका कहालीलाग्दा तस्बिरहरु

बिरगंज उपमहानगरपालिका पर्सौनी वडा नम्बर २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा आज विहान भीषण आगलागी भएको थियो ।
आगलागीमा परी कम्तीमा  ५ जनाको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

मृतकको संख्या बढ्न सक्ने जनाइएको छ भने आगो निभाउनका लागि गएको वीरगञ्ज उपमहानगरपालिकाको दमकल समेत जलेको खबर छ । ग्यास उद्योगबाट एक जनाको जिबितै उद्धार गरिएको छ । उनको शरीर पुर्ण रुपमा जलेको बताइएको छ ।

आगो नियन्त्रण बाहिर गएपछि नजिकको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । ग्यास उद्योग नजिक रहेको इटिहाई बस्ती खाली गराइएको हो ।

 

कमेन्टहरु
Loading...