हेलिकप्टर दुर्घटनामा परी रास्ट्रपतिकी बहिनी संगै ६ जनाको मृत्यु

पौष २ , २०७४

होन्डुरसका राष्ट्रपति ओर्लान्डो हर्नान्डेजकी बहिनी हिल्डा हर्नान्डेजसहित ६ जनाको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार होन्डुरसको राजधानीनजिकै रहेको पहाडमा दुर्घटनाग्रस्त भएको हो ।

हिल्डासहित चारजना सुरक्षाकर्मी र एक जना पाइलट सैनिक हेलिकप्टरमा अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलोमिटर टाढा उनको निवासतर्फ उडान भरेका थिए ।

उडान भरे लगत्तै सेनाले विमान हराएको जानकारी दिएको थियो । पछि हेलिकप्टर पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनामा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...