काठमाडौंमा बम विस्फोट, गगन थापासहित ११ घाइते

काठमाडौ, १८ मंसिर/काठमाडौंको चपलीमा पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई लक्षित गरेर बम विस्फोट भएको छ । विस्पोटमा परि गगन थापा सहित ११ जना घाइते भएका छन् । उनीहरु मध्ये दुई जनाको अवस्था गम्भीर छ । थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

काठमाडौं ४ का उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला विस्फोट भएको हो । थापाको कान र ढाडमा चोट लागेको छ । उनलाई बमको छर्रा लागेको हो ।

यद्यपि उनको चोट सामान्य छ । थापाले आफू मुस्लिकले बचेको बताए । उनले भने, ‘घरदैलो ढिलो सुरु भएकाले जुलुसलाई अघि बढाउन छिट्टो हिडेको बेला परेर म बचेँ । साथीहरु पर्नुभयो ।’

कमेन्टहरु
Loading...