पोखराको लामाचौरबाट नालीमा बगेका पुन दिनभर खोज्दा पनि भटिएनन्

पोखरा, ५ कात्तिक /पोखरामा शनिबार राति परेको वर्षापछि नालीमा आएको भेलमा परी बेपत्ता भएको खोजी दिनभर गरे पनि भेटिएका छैनन् ।  मोटरसाइकल पल्टिदा नालीमा परेर बेपत्ता बनेका थिए ।

पानी परिरहेको समयमा शनिबार राति ९ बजे पोखरा लेखनाथ महानगरपालिका १६ लामाचौरबाट बगरतर्फ आइरहेका बेला उपल्लो दीपस्थित गोर्खा बोर्डिङ स्कूल नजिकै बाइक नालिमा पल्टिदा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १९ निवासी समानसिंह पुनका छोरा पिजन पुन बेपत्ता भएका हुन् ।

पोखराको लामाचौरबाट नालीमा खसेको बाइक । तस्बिरः आशिष पुरी
पोखराको लामाचौरबाट नालीमा खसेको बाइक । तस्बिरः आशिष पुरी

उनीसँगै मोटरसाइकलमा सवार दीपक पूर्जा भने सामान्य घाइते भई उपचाररत छन् । इञ्जिनिरिङ अध्ययन संस्थान लामाचौर नजिकबाट नालिमा खसेको बाइक करीब २५० फुट तल उपल्लो दीपस्थित गोर्खा बोर्डिङ स्कूल नजिक फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बाइक कन्ट्रोलमा नहुँदा दरखराउँदै नालीमा खसेको र रगडिदै बगेको प्रहरीको भनाई छ । बाइकबाट लडेका पुन बाइकसँगै नालीमा खसेका थिए भने पूर्जा उछिट्टएिर बाटोमा बजारिएका थिए ।

घाइते पूर्जाको बोली पहिलेदेखि नै नबुझिने भएकाले दूर्घटनाको अनुसन्धानमा समेत कठिनाई भएको बताइएको छ । बेपत्ता पुनको आइतबार दिनभर खोजी गरे पनि नभेटिएको वडा प्रहरी कार्यालय वडाका प्रमुख किशोर लम्साले बताए । उनल आज दिनभर नालामा पसेर प्रहरी र शसस्त्र प्रहरीले खोजी गरे पनि नभिएको बताए । उनले भोली सेती नदिमा खोजी गरिने बताए ।

कमेन्टहरु
Loading...