घनिष्ठ साथीले बालक अपहरण गरे

काठमाडौं, २० साउन /काठमाडौमा विजय चौधरी र राजु विश्वकर्मा कक्षा ४ देखिका साथी हुन्। १४ वर्ष भयो दुवैको घनिष्ठ मित्रताको। काठमाडौंको शान्ति शिक्षा माध्यमिक विद्यालयमा उनीहरु सँगै पढे। चौधरी हार्डवेयरको ब्यापारमा लागे भने विश्वकर्मा मार्बलसम्बन्धी काम गर्न थाले।

रामेछापका विश्वकर्मा ललितपुर, थसिखेल बस्थे। बुटवलका चौधरी काठमाडौं नयाँ बजार बस्थे। गत बिहिबारको घटनापछि दुबैको मित्रता टुंगिएको छ। एक अर्काबीच चौधरी पीडित भएका छन् विश्वकर्मा पीडक। केपी ढुंगानाले आजको नागरिकमा लेखेका छन्।

अपहरित बालक आफ्ना आमाबाबुका साथ।
अपहरित बालक आफ्ना आमाबाबुका साथ।

‘हामी दुबैको सम्बन्ध राम्रो थियो, मलाई पर्दा उसले र उसलाई पर्दा मैले सहयोग गर्थ्यौ,’ विश्वकर्माको सम्बन्ध खुलाउँदै चौधरीले भने,‘सातामा दुई दिन सधैंजसो मेरो डेरामा आइरहन्थ्ये उनी।’

गत बिहीबार विजयका ५ वर्षीय छोरा अपहरणमा परे। प्रहरीको दबाबका कारण पाँच दिनपछि विशाल सकुशल मुक्त भए। विजयको घरमा खुसी फर्कियो। तर पनि उनको मन अमिल्लिएको छ। किनकी आफ्ना छोराको अपहरण योजनामा उनै बालसखा विश्वकर्मा संलग्न भएको खुल्यो।

कमेन्टहरु
Loading...