काँग्रेस अनुशासन विभाग संयोजकमा तिमिल्सिना

पोखरा, ५ साउन/ नेपाली काँग्रेस कास्कीको बिहीबार बैठक बसेको छ। बैठकले पार्टीका गतिविधिलाई अनुशासित र मर्यादीत बनाउँनका लागि अनुशासन विभाग गठन गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए।

बैठकले पार्टीका जिल्ला सदस्य कृष्णप्रसाद तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय अनुशासन विभाग गठन गरेको हो। विभागको सदस्यमा विन्दु भण्डारी, उमेशराज पराजुली, नम्रता बराल र विष्णु क्षत्री छन्। बैठकले ३५ औ वीपी स्मृति दिवसको अवसरमा साउन ६ गते शुक्रबार बृक्षरोपण कार्यक्रम गर्ने निर्णय गरेको छ।

नेपाली काँग्रेस कास्कीको आयोजना तथा नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा न. १९ को व्यवस्थापनमा शैलजा आश्रममा बृक्षरोपण कार्यक्रम गरिने छ। बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो।

कमेन्टहरु
Loading...