११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

भोजपुर,  ३ साउन/ भोजपुरको अरुण गाउँपालिकामा बालिकालाई बलात्कार गरेको आरोप लागेका दुर्गा बहादुर श्रेष्ठ धरानमा पक्राउ परेका छन् । श्रेष्ठले अरुण गाउँपालिकाको याकुकी ११ वर्षिया बालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ । बालिका अहिले ६ महिनाकी गर्भवती छिन् ।बालिका गर्भवती भएको थाहा पाएपछि परिवारले श्रेष्ठको जिम्मा लगाएर पठाएको तर बालिकालाई अलपत्र पारेर भागेका उनी धरानमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाले मंगलबार​ मात्रै महिला तथा बालबालिका कार्यालयको सहायतामा प्रहरीमा उनी विरुद्ध उजुरी दिएकी हुन् ।धरानमा पक्राउ परेका श्रेष्ठलाई भोलि बुधबार भोजपुर लगिने डिएसपी काजीकुमार आचार्यले जानकारी दिए ।परिवारले नै बालिकामाथि भएको बलात्कारको घटना लुकाएकाले ढिलो गरेर मात्रै प्रहरीमा उजुरी परेको हो ।

कमेन्टहरु
Loading...