काठमाडौं, २३ असार /अरूण गाउँपालिका १ प्याउली मरेङडाँडा ३ का बालबालिकाको एकै ठाउँ भएको हत्याको अझै रहस्यमै रहेको छ ।
करिब दुई सातासम्म पनि घट्नाको भित्रि पाटो पहिल्याउन र दोषी पहिचान गर्न नसकिएपछि स्थानीय जनजीवन भयभीत भएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
असार १० गते साँझ अचानक हराएका अरुण ३ का १६ बर्षीय रञ्जीव सापकोटा, १४ बर्षीया सुष्मा फुयाल असार १२ गते बिहान साढे ७ बजे स्थानीय तोरन काकीको माछापोखरी डुवेको अवस्थामा मृत फेला परेका थिए ।
सुष्मा र प्रदिप दिदी भाई हुन् । रञ्जीव उनीहरुको घरबाट डेढ मिटरजति दुरुमा पर्छ । पुर्वाञ्चल क्षेत्रीय प्रहरीको सक्रियतामा अनुसन्धान जारी रहे पनि निचोडमा पुग्न नसकिएको प्रहरीले जनाएको छ।