निर्वाचनले राष्ट्रबादी र राष्ट्रघातीहरु बिचको लडाइँ – अध्यक्ष पहारी

पोखरा, २३ चैत /युवा संघ नेपालका अध्यक्ष राजिब पहारीले आउने निर्बाचन राष्ट्रबादी र राष्ट्रघातीहरु बिचको लडाइँ भएको बताएका छन् । उनले नेकपा एमाले मात्रै सच्चा राष्ट्रबादी पार्टी भएको भन्दै माओबादी केन्द्र काग्रेसको पुच्छर नसमाती हिड्नै नसक्ने भएको बताए ।

उनले काग्रेस सधैं भारतको दलाली गरि देसलाई सिक्किमिकरण गर्न उद्यत रहेको आरोप लगाए । पहारीले युवा संघ नेपाल पोखरा लेखनाथ महानगरपालिका वडा न २३ को प्रथम भेलालाई सम्बोधन समृद्धि र बिकाश एमालेले मात्रै गर्न सक्ने बताए ।

सो अबसरमा एमाले प्रदेश न ४ कमिटी सदस्य दिलिप बिक्रम शाही, एमाले कास्कीका प्रचार बिभाग प्रमुख एवं साबिक उपमहानगर सयोजक तेज नारायण अधिकारी, कास्कीकै बैकल्पिक सचिबालय सदस्य दान बहादुर बिक, एमाले क्षेत्र न ४ कास्कीका उपाध्यक्ष शिबलाल पराजुली, क्षेत्र न ४ का सचिबालय सदस्यद्वय सुर्य भण्डारी र कृष्ण भण्डारी, युबा संघ कास्की अध्यक्ष बिष्णु पुन, संघकै पोखरा लेखनाथ महानगर कमिटि सचिब मीन खड्का, संघ २३ का इन्चार्ज सन्जय भन्डारी लगायतले एमाले नै जनताको सच्चा सहयात्री भएको बताए । कार्यक्रम चेतनाथ भन्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...