लियो चौतारी द्धारा शैक्षिक सामाग्री बितरण

पोखरा, ७ फागुन /लियो क्लब अफ चौतारी पोखराले शैक्षिक सामाग्री बितरण गरेको छ । कास्की जिल्ला सल्यान गा.बि.स. वडा नं ५ स्थित जन जाग्रित आधारभुत बिद्यालयमा अध्ययनरत करिब ४५ जना छात्र छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको कार्यक्रम संयोजक बिक्रम थापाले जानकारी दिए ।

क्लबका अध्यक्ष हरिहर पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन राम थापा, जिल्ला उपाध्यक्ष राजेन्द्र बराल, रिजन को अर्डिनेटर बिष्णु तिमिल्सिना, विद्यालयका प्रधानाध्यापक राजेन्द्र पौडेल लगाएतले वितरण तथा कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।

आफु भन्दा कम अबसर प्राप्त ब्यक्तिहरु लाई सहयोग गर्ने लियो क्लबको उद्देश्य अनुरुप भर्खरै मात्र जिल्ला अध्यक्षको उम्मेद्धारी दर्ता गरेका राजेन्द्र बरालले आफू जिल्ला अध्यक्ष भएपछि यस्ता कार्यक्रमलाई अझ बढी प्रोत्साहन सहित गराउने प्रतिबद्धता समेत ब्यक्त गरे ।

उक्त अबसरमा समपुर्ण बिद्यार्थीहरुलाई १ दिनको खाजा खर्च बापतको लागि नगद हस्तान्तरण समेत गरिएको थियो । उक्त कार्यक्रको संचालन क्लबका सचिब लियो प्रदिप पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...