पिस सिभिकको गभर्नस क्लव भिजिट कार्यक्रम

पोखरा, २४ पुस।लायन्स क्लव अफ पोखरा पिस सिभिकको गभर्नस क्लव भिजिट कार्यक्रम आईतवार एक कार्यक्रमका विच सम्पन्न भएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ वि १ नेपालका गर्भनर बालकृष्ण वुर्लाकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । क्लवका अध्यक्ष लक्ष्मण श्रेष्ठले वर्ष २०१६÷०१७ मा भए गरेका विभिन्न ३० वटा कार्यक्रमका गतिविधिहरु संग्रहित भएको प्रतिवेदन पेस गरेका छन् ।

पिस सिभिकको गभर्नस क्लव भिजिट कार्यक्रम
पिस सिभिकको गभर्नस क्लव भिजिट कार्यक्रम

सो अवसरमा श्रेष्ठले क्लवलाई आर्थिक रुपमा मजवुत वनाउन सहयोग गर्ने क्लवका सदस्यहरुलाई आभार व्यक्त गरे ।डिष्ट्रिक गर्भनर वुर्लाकोटीले प्रतिवेदन हेर्दा क्लवले छोटो समयमै धेरै मानविय तथा सामाजिक कार्यहरु गरेकोमा खुशी व्यक्त गरे ।इमिडेट पाष्ट डिष्ट्रिक गभर्नर धुर्व थापाले आफ्नो कार्यकालमा धेरै लायन्स क्लवहरु भिजिट गरेको स्मरण गर्दै पिस सिभिकले व्यवस्थित र पारदर्शि तरिकाले प्रतिवेदन तयार गरेको भनाई राख्दै अन्य क्लवहरुले पनि अनुशरण गर्नुपर्ने धारणा राखे ।

क्लवका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक एडभाइजर इन्दु लम्साल, जोन चियर पसर्न विनोद ढुँगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागिहरुलाई धन्यवाद ज्ञापन क्लवका चार्टड प्रेसिडेन्ट पवित्रराज तिवारी तथा स्वागत मन्तव्य क्लवका प्रथम उपाध्यक्ष वुद्धिनाथ बराल र कार्यक्रम संचालन सचिव किरण ढकालले गरेका थिए ।

कमेन्टहरु
Loading...