प्याराडिसो स्पोर्टस् बारमा अंग्रेजी नयाँ बर्षको स्वागतमा विशेष कार्यक्रम

पोखरा, १४ पुस/पोखराको लेकसाइडमा प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले अंग्रेजी नयाँ बर्षको अबसरमा विशेष साङगितिक साझँको आयोजना गरेको छ ।

महोत्सवलाई महाउत्सव बनाउनका लागि अंग्रेजी नयाँ बर्षको अबसरमा डिसेम्बर ३१ गते साझँ विशेष कार्यक्रमको आयोजना गरेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए । सो साझँमा डिजे आशिष, मिसिरियस (राज कुमार) का साथमा आवाज व्याड, सुजि शाह, प्रमोद जस्वाल लगाएतको प्रस्तुती रहने उनले बताए ।

‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण चाहानेलाई लक्ष्त गरि बार केही महिना पहिले सञ्चालनमा आएको हो । छोटो समयमा नै ग्राहकाको मन जित्न सफल भएको भन्दै पौडेलले साङगितिक साझँमा आउनेका लागि विशेष छुटको समेत व्यवस्था भएको बताए ।

बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए । उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ। उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने बताए ।

कमेन्टहरु
Loading...