पोखरा १२ पुस ।युनाइटेड क्लवले कास्कीको लेखनाथ १० स्थित तालबेसीमा रहेको रुपा ज्योती माबिलाई छात्रवृत्ति अक्षयकोष स्थापनाका लागी ५० हजार रुपैया प्रदान गरेको छ । क्लवको शिक्षा विभाग अन्तर्गतको कार्यक्रम अनुसार रुपा ज्योती माबिलाई गरिव तथा जेहेन्दार विद्यार्थी छात्रबृत्ति अक्षयकोष स्थापनाका लागी ५० हजार रुपैया प्रदान गरेको हो ।

मंगलबार विद्यालयको ३६ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथीका रुपमा पुगेका युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङ, क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापा र क्लवका कार्यसमिती सदस्य दिनेश सुनारले अक्षयकोषका लागी ५० हजार रुपैया विद्यालयका प्रध्यानाध्यापक मनिराम कंडेल, विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष विष्णु कुमार गुरुङ लाई हस्तान्तरण गरेका हुन ।रकम हस्तान्तरण गर्दै युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले युनाइटेड क्लवले स्थापना काल देखि नै पोखरा महोत्सवको अयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणको काममा रकम खर्च गर्दै आइरहेको वताए ।
सो समारोहमा वोल्दै विद्यालयका प्रध्यानाध्यापक मनिराम कंडेलले युनाइटेड क्लवले आफ्नो विद्यालयमा छात्रबृत्ति कोष स्थापना गरेर गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा थप टेवा पुग्ने काम गरेकोमा धन्यवाद ब्यक्त गरे । समारोहमा विद्यालयको अक्षयकोष दाता देविदत्त तिवारी, अमरसिद्ध माविका प्रध्यानाध्यापक विष्णु प्रसाद पौडेल, अरुण ज्योती माबिका प्रध्यानाध्यापक राजेन्द्र प्रसाद पौडेल, विद्यालय ब्यवस्थापन समितीका पूर्व अध्यक्ष क्याप्टेन आश बहादुर गुरुङ लगायतले वोलेका थिए ।