युवा संघ रुपन्देहीका अध्यक्षको गोली हानी हत्या , हत्याको विरोधमा युवा संघ द्वारा बन्दको घोषणा

रुपन्देही, पुस ४ ।युवा संघ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको सोमबार​ अज्ञात समूहले गोली हानी हत्या गरेको छ । मोटरसाइकल चढेर देवदह चोकदेखि घरतर्फ जाँदै गरेको अवस्थामा उनलाई देवदह-८ मा मोटरसाइकलमै आएका अपरचित व्यक्तिले छातिमा गोली प्रहार गरेको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका तिवारीको देवदह स्थित देवदह मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रदीप डिसीले जानकारी दिए ।

युवा संघ रुपन्देहीका अध्यक्षको हत्याको विरोधमा युवा संघ द्वारा बन्दको घोषणा

४० वर्षका तिवारी स्थानीय केविआई इट्टा भट्टाका सञ्चालक समेत रहेका युवा व्यवसायी थिए । झण्डै ६ महिना अघि पनि आफ्नै भट्टामा बसिरहेको अवस्थामा तिवारीमाथि आक्रमण भएको थियो । तर, त्यतिबेला आक्रमणबाट बचेका तिवारीलाई सोही समूहले नै हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यसैबिच​, आफ्ना रुपन्देही अध्यक्षको हत्याको विरोधमा युवा संघले आन्दोलनको घोषणा गरेको छ । घटना लगतै बसेको युवा संघको आकस्मिक बैठकले महासचिव किरण पौडेलको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ ।

समिति घटनाबारे बुझ्न भोलि नै बुटबल जानेछ ।साथै बैठकले संघले भोलि ५ गते लुम्बिनी बन्दको आहृवान गरेको छ भने देशभर देखि बजेसम्म चक्काजाम गर्ने निर्णय गरेको प्रवक्ता प्रभावविक्रम कटवालले जानकारी दिए ।उनका अनुसार हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै भोलि नै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी

 

कमेन्टहरु
Loading...