कास्की कांग्रेसको वेबसाइट तयार

पोखरा, २३ मंसिर नेपाली कांग्रेस कास्कीले वेबसाइट सञ्चालनमा ल्याउँदै छ। पार्टीका गतिविधि वेबसाइटमार्फत नेता, कार्यकर्ता र शुभेच्छुक माझ पु¥याउने उदेश्यले वेबसाइट सञ्चालनमा ल्याउन लागेको हो।

वेबसाइट निर्माण कार्य सकिएकाले शुक्रबार त्यसको उद्घाटन गरिने जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए।
कास्की कांग्रेसको प्राङगणमा आयोजित कार्यक्रमवीच कांग्रेस महामन्त्री डा शशांक कोइरालाले वेबसाइट उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

कास्की कांग्रेसको असार पाँच गतेको नियमित बैठकले जिल्ला सदस्य नवीन सिग्देललाई वेबसाइट निर्माण गर्ने जिम्मेबारी दिएको थियो। वेबसाइटलाई राम्रो बनाउन निकै प्रयास गरेको छु जिल्ला सदस्य सिग्देलले भने – ‘यसलाई आवश्यकता अनुसार परिमार्जित गर्दै लगिने छ।’

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। कास्की कांग्रेसका सभापति कृष्ण के.सीले कार्यक्रममा सहभागिता जनाउन सवैलाई अनुरोध गरेका छन्।

कमेन्टहरु
Loading...