जथाभावी फोहर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने

काठमाडौं । सडकमा जथाभावी फोहर फ्याँक्नेलाई वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ।

जथाभावी फोहर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगन्ज महानगरले आजदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको हो।

सरसफाइ शाखाका अनुसार हालसम्म जथाभावी फोहर फ्याँक्ने पाँच सय ७५ व्यक्ति र संस्थाबाट महानगरले १७ लाख ५४ हजार जरिवानावापत राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/८० मा जरिवानाबाट रु १५ लाख ३६ हजार तथा चालु आव २०८०/८१ को साउनमा जरिवानावापत दुई लाख १८ हजार राजस्व संकलन भएको छ ।

कमेन्टहरु
Loading...