जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारस्थित रामेछाप सुनपाति गाउँपालिका-५ घर भएका ४० वर्षीय प्रभु खड्काको ओम होटलमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १७ हजार ४ सय २५ रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु
Loading...